समाचार
स्थानीय गाउँपालिका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
राजपुर २५ जेष्ठ २०७५
स्थनीय गाउँपालिका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरी राजपुर गाउँपालिकामा रास्ट्रिय क्षयरोग कार्यक्रम मनाइएको छ l गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता, उपाध्यक्ष धनपति देवी यादवको प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरु अध्यक्ष, उपाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू र स्वास्थ्य संयोजकलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो l किड्स नेपालका माधव खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षय तथा कुस्ट रोग अधिकृत डम्मर कुवरले प्रस्तुतीकरण गर्नु भएको थियो भने कार्यक्रम संचालन स्वास्थ्य संयोजक कमल रोकायाले गर्नु भएको थियो l
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    